१२ श्रावण २०८१, शनिबार

भारतसँगको नाका खोल्ने निर्णय बाँकेमा कार्यान्वयन हुन सकेन
  • न्युज मानसराेवर

बाँके। सरकारले गएको असोज ७ गतेदेखि नै भारतसँग जोडिएका नाकाहरु खोल्ने निर्णय गरेपनि जमुनाह नाकामा भने त्यो निर्णय कार्यान्वयनमा आउन सकेको छैन् । सिमा नाका नखुल्दा नेपाल र भारतका सुरक्षाकर्मीले आवतजावतमा कडाई गरिरहेका छन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले गृहको परिपत्र नआएका कारण कुन मोडालिटीमा नाका खोल्न दिने भन्ने बिषयमा निर्णय गर्न नसकिएको बताए । नेपालबाट एम्बुलेन्स, पेट्रोलियम ट्यांकर र भारतीय मालबाहक ट्रक बाहेक अन्य सर्बसाधारणका सवारी साधनहरुलाई भारत जान दिइएको छैन ।

यस्तै भारतबाट पनि त्यहाँका सुरक्षाकर्मीले एम्बुलेन्स, पेट्रोलियम ट्यांकर र मालबाहक सवारी साधनलाई मात्र नेपाल आउन दिइरहेका छन् । नेपाली नागरिकहरु रुपैडिहा, बहराईच लगायत भारतीय बजारमा किनमेलका लागि दैनिक रूपमा जाने गर्छन् ।

तर, सिमा खोल्न नेपाल सरकारले निर्णय गरेपनि कार्यान्वयनमा नल्याउँदा सर्बसाधारणहरुले सास्ती खेपिरहेका छन् । कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि सरकारले गत बैशाखदेखि नेपालगञ्जस्थित नेपाल–भारत सिमानाका बन्द गरेको थियो ।

  • १२ आश्विन २०७८, मंगलवार प्रकाशित

  • Nabintech