१२ श्रावण २०८१, शनिबार

कस्तो रहला आजको मौसम ?
  • न्युज मानसराेवर

बाँके। भारतको झारखण्ड  र आसपासतिर बनेको न्यून चापीय क्षेत्रको नेपालमा सामान्य प्रभाव परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर रहेको पनि महाशाखाको भनाइ छ ।

महाशाखाका अनुसार हाल  देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था छ भने प्रदेश गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। यस्तै शुक्रबार दिउँसो देशभर सामान्य बदली रही प्रदेश २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र अरु प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली रही  प्रदेश २ का धेरै र अरु प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

  • १५ आश्विन २०७८, शुक्रबार प्रकाशित

  • Nabintech