१२ श्रावण २०८१, शनिबार

बाँकेमा शनिवार ८ संक्रमित थपिए, ८ जना डिस्चार्ज
  • न्युज मानसराेवर

बाँके।  बाँकेमा शनिवार थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ८२ नमुना परीक्षण गर्दा थप ८ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा ५२ नमुना परीक्षण गर्दा ६ जना र मेडिकल कलेज कोहलपुरमा ३० नमुना परीक्षण गर्दा २ जनामा संक्रमण देखिएको हो । यस्तै बागेश्वरी ल्याबमा शनिवार परीक्षण गरिएको छैन ।

तीमध्ये बाँकेका ५ जना छन् । योसंगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार २३४ पुगेको छ ।

यस्तै शनिवार थप ८ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ८४४ पुगेको छ । अस्पतालमा तीनजनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ भने ७ जना सिकिस्त र १५ जना मध्यम विरामी छन् ।

  • १६ आश्विन २०७८, शनिबार प्रकाशित

  • Nabintech