बाँके। बाँकेको जानकी गाउँपालिका वडा नम्बर २ बेलभारका वडाअध्यक्ष चन्द्रिका प्रसाद गुप्ताले आफ्ना समर्थक कार्यकर्ता लगाएर पत्रकारमाथि दुव्र्यवहार गरेको घटना प्रति नेपाल पत्रकार महासंघ बाँकेले ध्यानाकर्षण गरेको छ ।
रिपोर्टिङ गर्न गएका अनलाइन खोजखवरका प्रकाशक तथा पत्रकार महासंघ कार्यसमितिका सदस्य जावेद अन्सारी र माउन्टेन टिभीका पत्रकार रविन्द्र घिमिरेलाई हातपातसँगै वडाअध्यक्ष चन्द्रिका प्रसाद गुप्ताको निर्देशनमा दुव्र्यवहार गरिएको थियो ।
स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेको बिषयमा रिपोर्टिङ गर्न गएका पत्रकारद्धय अनसारी र घिमिरेलाई आइतवार उनका भाइसहित समर्थकहरुले दुव्र्यवहार गरेका हुन् ।