बाँके। पछिल्लो २४ घन्टामा मुलुकभर थप ९ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
१६ हजार ४२ पीसीआर तथा एन्टिजेन परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको मंगलवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
यससँगै हालसम्म मुलुकभर ८ लाख ९१ हजार २ सय २४ जनामा कोरोना संक्रमण देखिएको छ ।
यस दिन १ हजार १ सय १४ संक्रमित उपचारपछि निको भएका छन् ।