११ श्रावण २०८१, शुक्रबार

बाँकेमा करीब ४ लाखको अवैध सामान बरामद
  • न्युज मानसराेवर

बाँके। भन्सार छली गरेर ल्याइँदै गरिएका ठूलो परिमाणमा अवैध सामग्री सशस्त्र प्रहरीले बरामद गरेको छ । नेपालगञ्जस्थित सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँके र जमुनाहा बिओपीबाट खटिएको टोलीले बुधवार राती भारतबाट नेपालगन्ज ल्याउँदै गरिएको लाखौं रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको सशस्त्र प्रहरी बाँकेले जनाएको छ ।

सशस्त्र प्रहरी गणबाट सशस्त्र प्रहरी सहायक निरीक्षक राधेश्याम चौधरीको कमाण्डमा गएको टोलीले नेपालगञ्ज १५ पिप्रहवा र जमुनाहा बिओपीबाट सशस्त्र प्रहरी नायब निरीक्षक योगेन्द्र शाही ठकुरीको कमाण्डमा गएको टोलीले नेपालगञ्ज १६ जयसपुर नाकाबाट भन्सार छली गरेर ल्याइँदै गरिएका अवैध सामग्री बरामद गरेको जमुनाहा बिओपीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक जीवनलाल बुढाले बताए ।

बिओपी प्रमुख बुढाका अनुसार नायब निरीक्षक ठकुरीको कमाण्डको टोलीले लत्ताकपडा, छुर्पी, हरियो तरकारी, किराना सामान र सुपारीसहितका अवैध सामग्री बरामद गरेको छ । अवैध सामग्री ओसारपसारमा प्रयोग भएको युपी ४० एम ८२७३ नम्बर प्लेटको भारतीय मोटरसाइकलसमेत बरामद गरेको प्रमुख बुढाले बताए ।

सशस्त्र प्रहरी गण र बिओपी जमुनाहा बिओपीले बरामद गरिएका सबै ३ लाख ६० हजार ७७० रुपैयाँ बराबरका अवैध सामग्रीलाई आबश्यक कारबाहीका लागि बिहिवार नेपालगञ्ज भन्सार कार्यालय बुझाएको बिओपी प्रमुख बुढाले जानकारी दिएका छन् ।

  • २१ आश्विन २०७८, बिहीबार प्रकाशित

  • Nabintech