११ श्रावण २०८१, शुक्रबार

रेडपाण्डाको छालासहित बाँकेमा एक जना पक्राउ
  • न्युज मानसराेवर

बाँके।दुर्लभ वन्यजन्तुको छालासहित बाँकेमा एक जना पक्राउ परेका छन् । जाजरकोट भेरी नगरपालिका वडा नं. १ का २८ वर्षीय मनिराम सुनार रेडपाण्डाको छालासहित पक्राउ परेका हुन् ।

दुर्लभ वन्यजन्तुको छालाको कारोबार भईरहेको सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनलाई शनिवार बिहान ५ बजे नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ बुद्ध मन्दिर नजिकैबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका सुनारमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

  • २३ आश्विन २०७८, शनिबार प्रकाशित

  • Nabintech