१२ श्रावण २०८१, शनिबार

बाँकेमा बसको ठक्करबाट एक जनाको मृत्यु
  • न्युज मानसराेवर

बाँके। पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्तीसोनारी-८ परुवाखोला नजिकै बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ भने अर्का गम्भीर घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ७४४८ नम्वरको बसले सोमबार दिउँसो पौने दुई बजे तिर राप्तीसोनारी गाउँपालिका-८ बालापुर बस्ने चन्द्रा बुढाथोकी खड्कालाई ठक्कर दिएको थियो ।

ठक्करबाट शम्शेरगन्ज बस्ने ३६ वर्षीया गीता चौधरी गम्भीर घाइते भएकी छन । घाइतेको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । चालक र बस प्रहरीको नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । पैदल हिँडिरहेका चौधरी र खड्कालाई बसले ठक्कर दिएको हो ।

  • २५ आश्विन २०७८, सोमबार प्रकाशित

  • Nabintech