१२ श्रावण २०८१, शनिबार

कोहलपुरमा अटो चालकहरुको लुट

मान्छे हेरेर भाडा लिईदै, भनछन् “हाम्रो रहर होइन बाध्यता हो”

  • न्युज मानसराेवर

बाँके। बढा दसैँ एवंम शुभ दिपावालि तथा छटपर्वको हार्दिक मंगलमय शुभकामना सबै अटो संचालक प्रति “जो जसले” सिधा साधारण जनताहरुको भाडाको नाममा पैसा लुटिरहेका छन्।

बाँकेको कोहलपुरमा अटोहरुले लुट मच्चाई रहेका छन्। यो भाडा महँगो भएन र ? भन्दा, अटो चालक भनछन्,” हामीलाई नसिकाउनुहोस हाम्रो रहर होइन, कर्तव्य हो” भनेर धेरै जनताहरुलाई लुटिरहेको बाँकेका केहि स्थानीयहरुले बागेश्वोरी खबर सँग गुणासो बताएका छन्।

स्थानीयका अनुसार, कोहलपुरको चौराहा देखि चप्परगौढी सम्म २० रुपैया भाडा रहेको तर केहि अटोहरुले अपरिचित मान्छेहरुलाई हेरेर ५० रुपैया देखि १५० रुपैया सम्म लिईरहेको बताए। यो समस्या पहाडबाट आएका विद्यार्थीहरु लगाएत अन्य केहि साधारण जनताहरु प्रति भएको सत्य घटना भएको बताएका छन्।

यधपी यो समस्यालाई मध्यनगर गर्दै केहि दिन यता बगेश्वोरी खबरका संचार कर्मी अटोहरुको हर्कत र निगरानी गरिरहेका थिए। केहि दिनको अनुसन्धान पछि जनताहरु प्रति गरेको ठगि र स्थानीयका भनाई अनुसार बगेश्वोरी खबरका संचार कर्मी माथि पनि ठ्याक्कै तेही भएको थियो।

बागेश्वोरी खबरका संचार कर्मी कोहलपुरको बसपार्क देखि अटो चढेर साझा चोक सम्म आईपुगे पछि भाडा २० रुपैया देखि ३० रुपैया सम्म लिनु पर्ने ठाउँमा ५० रुपैया मागेका थिए। संचार कर्मी भनछन्, “यहाँ सम्मको भाडा २० देखि ३० रुपैया सम्म होइन र ?” भन्दा, अटो चालक भनछन्, होइन ५० रुपैया नै हो। तर संचार कर्मीले माग अनुसार पुरा पैसा नदिएपछि अटो चालकले भने, तिमि हामीलाई सिकाउने हो ? कहाँ देखि कहाँसम्मको भाडा कति हो भनेर जस्ता अवद्रव्यवहार गरेका थिए। सोहि घटनालाई आधार मानेर अगाडी बढिरह्दा अटो चालकले बागेश्वोरी खबरका संचारकर्मी सँग माफी समेत मागेका हुन्।

यस्तै समस्या र घटनाहरु धेरै भए, हुन्छन, होलान पनि तर यस घटनामा सम्बन्धित निकायको केहि अत्तो पत्तो छैन, केहि अटो चालकलाई पुछताछ गर्दा चालक भन्छन “हाम्रो रहर होइन, कर्तव्य हो भनेर जवाफ दिएका थिए।” यधपी अब देखि यस्ता हर्कत नगर्ने र ठगि जघन्य अपराध जस्ता काम नगर्ने भनेर सबै जनताहरु प्रति माफी समेत मागेका छन्।

केहि अटो चालकहरुले कोहलपुरमा सिधा साधारण जनताहरुलाई ठगि गरिरहेका छन् र यस्ता लुटेराहरुबाट सावधान रहनुहोला। यस्ता लुटेराहरुलाई सम्बन्धित निकायको ध्यान हुन एकदमै जरुरि देखिएको छ।

  • २५ आश्विन २०७८, सोमबार प्रकाशित

  • Nabintech