१२ श्रावण २०८१, शनिबार

मोतीपुरमा आज रातिबाट कर्फ्यु हट्ने
  • न्युज मानसराेवर

बुटवल- मोतिपुरमा प्रहरी र सुकुम्बासी समूहबीच भएकाे झडपपछि  लगाएको कर्फ्यू आज राति १२ बजेदेखी हट्ने भएको छ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले मंगलबार एक सूचना जारी गर्दै असोज २४ गते दिउँसो ४ बजेदेखि लगाइएको कर्फ्यु रातिको १२ पछि हट्ने जनाएका हुन्।

बुटवल उपमहानपालिका १७ मा निर्माणाधिन  मोतीपुर औद्योगिक कोरिडोर क्षेत्रको जग्गामा सुकुम्बासी समूह बनाइ जग्गा कब्जा गर्ने र प्रहरीबीच झडप भएपछि शान्ति सुरक्षालाइ मध्यनजर गरी प्रशासनले कर्फु लगाएको थियो।

मोतिपुर क्षेत्रको अवस्था अहिले नियन्त्रणमा आएकाले मध्यरातिबाट कर्फु हटाउने निर्णय गरिएको सूचनामा भनिएको छ।

कर्फ्यु हटाए पनि भदौ २८ गते देखी नै कायम गरिएको निशेधााज्ञा भने यथावत रहेको सूचनामा उल्लेख छ। पूर्वतर्फ तिनाउ नदी (बुटवल उपमहानगरपालिका वडा नम्बर १७ देखी वडा नम्बर १८ सौरहिया पुलसम्म), पश्चिममा हरिहरपुरको खेतीयोग्य जमिन (बुटवल उपमहानगरपालिका वडा नम्बर १७), उत्तर शिवनगर रानी गञ्‍ज बस्ती ( बुटवल उप महानगरपालिका वडा नम्बर १७) र दक्षिण बुटवल उपमहानगरपालिका वडा नम्बर १८ औद्योगिक कोरिडोरको जमिन (धन्दापुर सौरहिया सम्म) को क्षेत्रलाई चार किल्ला मानी निषेद्याज्ञा लगाइएको जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ।

  • २६ आश्विन २०७८, मंगलवार प्रकाशित

  • Nabintech