१२ श्रावण २०८१, शनिबार

कामविहीन यातायात कार्यालय
  • न्युज मानसराेवर

रुकुम पश्चिम — चौरजहारी नगरपालिकामा स्थापना गरिएको यातायात व्यवस्था सेवा कार्यालय झन्डै २ वर्षदेखि कामविहीन बनेको छ । कर्मचारीहरू सरुवा मिलाउँदै अन्यत्र जान थालेका छन् भने सेवाग्राही सुर्खेत, दाङ र नेपालगन्ज गएर सेवा लिन बाध्य छन् ।

२०७६ भदौ २६ गते चौरजहारीमा कार्यालय स्थापना भएको हो । कार्यार्लय खोल्ने, दिनभरि कुर्ने र बन्द गर्ने काम मात्र भइरहेको कर्मचारीको गुनासो छ । कार्यालयलाई कार्यादेश नहुँदा कामविहीन हुनुपरेको निमित्त प्रमुख प्रदीपकुमार रेग्मीले भनेका छन।

  • ३१ आश्विन २०७८, आईतवार प्रकाशित

  • Nabintech