१२ श्रावण २०८१, शनिबार

बाँकेमा सोमवार १२ संक्रमित थपिए, ९ डिस्चार्ज
  • न्युज मानसराेवर

बाँके।  बाँकेमा सोमवार थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ११५ नमुना परीक्षण गर्दा थप १२ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पताल नेपालगञ्जमा ४७ नमुना परीक्षण गर्दा ८, मेडिकल कलेज कोहलपुरमा २७ नमुना परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको छ । बागेश्वरी ल्याबमा ४१ नमुना परीक्षण गर्दा सबै रिपोर्ट नेगेटिभ आएको छ ।

सोमवार संक्रमण पुष्टि भएकामध्ये बाँकेका ७ जना छन् । योसंगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ३४६ पुगेको छ ।

यस्तै सोमवार थप ९ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको सँख्या १७ हजार ९४९ पुगेको छ ।

  • १ कार्तिक २०७८, सोमबार प्रकाशित

  • Nabintech