१२ श्रावण २०८१, शनिबार

राप्तीको बाढीले खतराको संकेत भेट्नै लाग्यो
  • न्युज मानसराेवर

बाँके।  लगातारको झरीको कारण राप्तीनदीमा पानीको सतह बढ्न थालेपछि नदी तट आसपासका बस्तीमा उच्च सर्तकता अपनाउन सूचना प्रवाह गरिएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं. १ कुसुममा रहेको बाढी मापन केन्द्रमा बुधबार बिहान साढे ११ बजेसम्म पानीको सतह बढेर ५ मिटर ३० सेन्टिमिटर पुगेको जिल्ला विपद सुचना व्यवस्थापन केन्द्रका सुचना अधिकारी रुपन ज्ञवालीले जानकारी दिए ।

राप्ती नदीमा पानीको सतहले ५ मिटर पार गर्दा सर्तक अवस्थामा रहनु पर्ने र साढे ५ मिटर पार गर्दा नदी तटका गाउहरु डुबानको अत्यन्त जोखिममा पर्ने भएकोले सुरक्षित स्थानमा जानको लागि सूचना प्रवाह गरिएको छ ।

दाङ्ग, रोल्पा, प्युठानमा भएको बर्सातको कारण राप्ती नदीमा पानीको सतह बढ्ने र खासगरी बाँकेको राप्तीसोनारी र डुडुवा गाउपालिकका केही वडाहरु डुवान कटानको जोखिममा पर्ने गरेका छन् ।

  • ३ कार्तिक २०७८, बुधबार प्रकाशित

  • Nabintech