दाङ \दाङ जिल्लामा ३० जना दलित समुदायका व्यक्तिहरूले आफ्नो थर परिवर्तन गरेर नागरिकता लिएका छन् । जिल्ला प्रशासन कार्यालय दाङले वडाको सिफारिस लिएर आउने ३० जनालाई नागरिकता दिएको हो ।
दलित आयोगले देशभरका स्थानीय तह र जिल्ला प्रशासन कार्यालयलाई गृहमन्त्रालयबाट थर परिवर्तन गरेर दलित समुदायका व्यक्तिहरूलाई नागरिकता दिन निर्देशन दिएको थियो । सोही निर्देशन अनुसार दाङको घोराही, तुलसीपुरसहित १० स्थानीय तहको सिफारिसमा जिल्ला प्रशासन कार्यालय दाङबाट पछिल्लो एक महिनामा ३० जनाले नागरिकता लिएका हुन् ।