१२ श्रावण २०८१, शनिबार

बेवारिसे बम विस्फोट हुँदा सुर्खेतमा दुईजना घाइते
  • न्युज मानसराेवर

सुर्खेत: सुर्खेतमा बेवारिसे बम विस्फोट हुँदा दुई जना घाइते भएका छन् । शनिबार बिहान वीरेन्द्रनगर नगरपालिका–७ स्थित कटुकुवा सामुदायिक वनमा घाँस काट्न गएको समयमा बेवारिसे बम विस्फोट हुँदा दुई जना घाइते भएका हुन् ।

घाइते हुनेहरूमा दैलेखको गुराँस गाउँपालिका–६ जहरेका २१ वर्षीया लीला नेपाली र उनका १४ वर्षीय भाइ नरेश रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले जानकारी दिए ।

निरीक्षक शाहीका अनुसार घटना पौने १२ बजेको हो । प्रहरीका अनुसार उनीहरू वीरेन्द्रनगर–७ इत्राममा बस्दै आएका थिए । घाइतेको स्थानीय देउती अस्पतालमा उपचार भइरहेको छ ।

घाइते दुवैको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । उक्त वनमा नेपाली सेनाले अस्थायी तालिम सञ्चालन गर्ने जंगल भएकाले कतै पुरानो बम बचेको पनि हुनसक्ने प्रहरीको आशंका छ । घटनाबारे थप अनुसन्धान भइरहेको शाहीले बताए ।

  • ६ कार्तिक २०७८, शनिबार प्रकाशित

  • Nabintech