१२ श्रावण २०८१, शनिबार

बाँकेमा आइतवार एकजनामा मात्र कोरोना पुष्टि
  • न्युज मानसराेवर

बाँके।  बाँकेमा आइतवार थप १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ३३ नमुना परीक्षण गर्दा १ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । मेडिकल कलेज कोहलपुरमा ८ नमुना परीक्षण गर्दा १ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रले जनाएको छ ।

आइतवार संक्रमण पुष्टि भएका नेपालगञ्ज १८ की ४० वर्षीया महिला हुन् । योसंगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ३६७ पुगेको छ ।

यस्तै आइतवार थप ६ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ९९० पुगेको छ ।

  • ७ कार्तिक २०७८, आईतवार प्रकाशित

  • Nabintech