८ जेष्ठ २०८१, मंगलवार

आज कस्तो रहला देशभरको मौसम ?
  • न्युज मानसराेवर

बाँके\ हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान मशाखाको भनाइ छ । हाल देशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा सामान्यतया सफा  रहेको छ ।
महाशाखाका अनुसार दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली  र तराईका भूभागमा सामान्यतया सफा देखि आंशिक बदली  रहने छ। यस्तै देशका थोरै स्थानहरुमा  हल्का वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यसैगरी राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली  र तराईका भूभागमा सामान्यतया सफादेखि आंशिक बदली  रहने छ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

  • ९ कार्तिक २०७८, मंगलवार प्रकाशित

  • Nabintech