६ बैशाख २०८२, शनिबार

बैजनाथमा २ दिने सवलिकरण कार्यक्रम सञ्चालन
  • न्युज मानसराेवर

बैजनाथ। बैजनाथ गाउँपालिकामा मानव बेचविखन विरुद्धको समिति तथा बाल अधिकार समितिलाई सवलिकरण कार्यक्रम संचालन गरिएको छ । प्लान नेपालको आर्थिक सहयोग तथा बाँके युनेस्को क्लबको आयोजनामा र बैजनाथ गाउँपालिकाको समन्वयमा २ दिने तालिम संचालन गरिएको हो । कार्यक्रममा बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालको प्रमुख अथितिमा संचालन गरिएको हो ।

कार्यक्रममा बैजनाथ गाउँपालिकाका वडा अध्यक्ष कार्यपालिका सदस्य महिला तथा बालबालिका शाखा प्रमुख पत्रकार लगाएतको सहभागिता रहेको थियो । कार्यक्रको सहजीकरण बाँके युनेस्को क्लबका आषिश बर्माले गरेका छन।

कार्यक्रममा महिला तथा बालबालिका क्षेत्रमा काम गर्दै आइरहेका संस्थाहरुको समेत सहभागिता रहेको छ ।

 

  • १२ कार्तिक २०७८, शुक्रबार प्रकाशित

  • Nabintech