१२ भाद्र २०८३, शुक्रबार

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
  • न्युज मानसराेवर

काठमाडौँ \ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टाको अवधिमा एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भएको छ । अर्थ मन्त्रालयलाई प्राप्त विवरणअनुसार बुधबार मध्याह्नदेखि बिहीबार राति १२ बजेसम्म कोषमा उक्त रकम जम्मा भएको हो ।

दाताहरूले विभिन्न १० वाणिज्य बैंकहरुमा रहेको खातामा १ अर्ब ९१ करोड ८६ लाख ५० हजार ९११ रुपैयाँ  ३६ घण्टा अवधिमा जम्मा गरेका हुन् । बुधबार बिहान नेपाल-चीन सीमा भएर बग्ने भोटेकोशी नदीमा भीषण बाढी आएर ठूलो धनजनको क्षति गरेपछि सरकारले मन्त्रिपरिषद् बैठक बसी ती प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो । त्यसपछि राहत कोषमा मनकारी व्यक्ति तथा संस्थाहरूको सहयोग जम्मा हुन सुरु भएको थियो ।

  • १२ भाद्र २०८३, शुक्रबार प्रकाशित

  • Nabintech