१२ श्रावण २०८१, शनिबार

बाँकेमा १७ संक्रमित थपिँदा ३ जना कोरोनामुक्त
  • न्युज मानसराेवर

बाँके\ बाँकेमा शुक्रवार १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १०४ नमुना परीक्षण गर्दा १७ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा ७० नमुना परीक्षण गर्दा १४ जना, मेडिकल कलेज कोहलपुरमा २५ नमुना परीक्षण गर्दा ३ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । बागेश्वरी ल्यावमा ९ नमुना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

शुक्रवार संक्रमण पुष्टि भएकामध्ये बाँकेका ३ जना छन् । योसंगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ४०५ पुगेको छ ।

यस्तै शुक्रवार थप ३ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार १२ पुगेको छ ।

यसैगरी ७ जना सिकिस्त विरामी रहेका छन् भने ६ जना मध्यम विरामी रहेका छन् । ५ जनाको भने भेन्टिलेटरमा उपचार भइरहेको छ ।

  • १२ कार्तिक २०७८, शुक्रबार प्रकाशित

  • Nabintech