बाँके\बाँकेमा आइतवार थप ३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । जिल्लाका दुईवटा प्रयोगशालामा ३० नमुना परीक्षण गर्दा ३ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।
मेडिकल कलेज कोहलपुरमा १४ नमुना परीक्षण गर्दा २ र बागेश्वरी ल्यावमा १६ नमुना परीक्षण गर्दा १ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रले जनाएको छ ।
आइतवार संक्रमण पुष्टि भएकामध्ये बाँकेका १ जना छन् । योसँगै बाँकेमा संक्रमितको कुल संख्या १८ हजार ३ सय ९५ पुगेको छ ।