१२ श्रावण २०८१, शनिबार

अवैध पटकाले नेपालगञ्जमा जोखिम बढ्यो
  • न्युज मानसराेवर

बाँके\खुला सीमानाकाका कारण भारतबाट भित्रिने असुरक्षित पटकाले नेपालगञ्जमा जोखिम बढाएको छ । पड्काउने वा बाल्ने क्रममा निस्कने रसायनले ध्वनि तथा वायु प्रदूषणलगायत पर्यावरणीय समस्यासँगै जनस्वास्थ्यमा पनि दूरगामी असर पर्ने विज्ञ बताउँछन् ।

उनीहरूका अनुसार ज्येष्ठ नागरिक एवं दीर्घरोगीको स्वास्थ्यका लागि बढी घातक हुन्छ । तिहार आउन लागेको संकेत दिँदै सीमावर्ती नेपालगञ्ज लगायत बजार क्षेत्रमा पटका पड्काउन थालिएको छ ।

वातावरण एवं स्वास्थ्यमा प्रतिकूल असर पार्ने भारतका सस्तो एवं घरेलु ब्रान्डका पटका नेपाल आइरहेको बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले जानकारी दिए । यसपालि पनि तिहारअगावै पटका बरामद गरिएको खत्रीले बताए ।

प्रहरीका आँखा छलेर सीमावर्ती बजारबाट ल्याउने र पट्काउने कार्य भइरहेको भन्दै उनले त्यसमाथि प्रहरी प्रशासनको निगरानी भइरहेको बताए । सामाजिक, धार्मिक र सांस्कृतिक रूपले तिहारमा पटकाको कुनै स्थान वा महत्व नरहेको संस्कृतविद्हरु बताउँछन् ।

  • १५ कार्तिक २०७८, सोमबार प्रकाशित

  • Nabintech