१२ श्रावण २०८१, शनिबार

कोहलपुरमा ५० जनाले गरे राप्रपामा प्रवेश
  • न्युज मानसराेवर

बाँके\ कोहलपुरमा विभिन्न दलको सदस्यता त्यागेर ५० बढिले राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरेका छन् ।
नव प्रवेशी कार्यकर्तालाई राप्रपा नेता तथा पूर्वमन्त्रीद्वय फत्तेसिंह थारु, प्रेम बहादुर भण्डारी र राप्रपा केन्द्रिय सम्पादन समिति सदस्य हिक्मत ढकालले टिका लगाएर स्वागत गरेका छन् ।

राप्रपा बाँके क्षेत्र नं। १ ख ले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमका प्रमुख अथिति राप्रपा नेता तथा पूर्वमन्त्री थारुले बर्तमान व्यवस्था प्रणाली जनभावना विपरित रहेको टिप्पणी गरेका छन् । उनले राजाको शाशनकालमा जनता सुखी र सम्बृद्व रहेको बताए । राजनीतिका नाममा अहिले निकृष्ट कार्यहरु भइरहेको भन्दै राजनीतिक दलहरुका क्रियाकलापहरुबाट जनता राजतन्त्र सहितको प्रजातन्त्रका पक्षमा रहेको दावी गरेका छन् ।

यसै गरी  अर्का पूर्व मन्त्री तथा राप्रपा नेता प्रेम बहादुर भण्डारीले राप्रपाको निष्ठा र विचालाई हरेक जनतामाझ पु¥याउन सके पार्टीले ठुलो सफलता हासिल गर्ने तर्क गर्दै अब राप्रपा निर्णायक राजनीतिक दलका रुपमा स्थापित हुने विश्वास व्यक्त गरेका छन् ।

यस्तै कार्यक्रमका विशिष्ठ अथिति राप्रपा केन्द्रिय कार्यसम्पादन समिति सदस्य तथा नेता हिक्मत ढकालले एकिकरण पछि पार्टीमा सामान्य विवाद देखिएतापनि हालै सम्पन्न एकताको महाधिवेशन अन्र्तगत सम्पन्न वडा, गा“उ÷नगर, क्षेत्र तथा जिल्ला अधिवेशनहरुले सबै विवाद समाधान गरेको दावी गरे ।

कार्यक्रममा राप्रपा केन्द्रिय सदस्यहरु खेमराज गौतम, टोपेन्द्र बहादुर शाही, प्रकाश शाह, रतिराम थारु, चक्र के.सी, तारक सिंह थारु, जन्म हमाल, राप्रपा क्षेत्र नं १ का क्षेत्रिय अध्यक्ष यमबहादुर रावत, राप्रपा जिल्ला अध्यक्ष नरेन्द्र कुमार पौडेल, लगाएत पार्टीको विभिन्न भातृ संगठन तथा शुभेच्छुक संगठनका नेता कार्यकता तथा क्षेत्र नं १ ख मा रहेका सम्पूर्ण वडाहरुको अध्यक्ष तथा सदस्यहरुको उपस्थिति रहेको कुरा मिडिया नेपालका केन्द्रिय उपाध्यक्ष श्रीधर सुबेदीले जनाएका छन् ।

कार्यक्रम राप्रपा बाँके क्षेत्र नं। १ ख का अध्यक्ष लाल बहादुर वलीको सभापतित्वमा सम्पन्न भएको थियो ।

  • १५ कार्तिक २०७८, सोमबार प्रकाशित

  • Nabintech