१२ श्रावण २०८१, शनिबार

बँदेलको मृत्यु, यात्रु सबै सकुशल
  • न्युज मानसराेवर

बाँके\नेपालगन्ज विमानस्थलमा सीता एयरको जहाजले तीनवटा बँदेललाई किचेको छ । मंगलबार बिहान नेपालगञ्ज विमानस्थलको धावनमार्गमा विमानले बँदेलको हुललाई किचेको हो ।

हुम्लाको सिमिकोटका लागि उड्ने क्रममा नाइन एन एएचएबी कल साइनको जहाज धावनमार्गमा गुडिरहेका बेला बँदेलको हुललाई किचेको नेपाल नागरिक उड्डयन प्राधिकरण नेपालगन्ज विमानस्थलका प्रमुख सुवाश झा ले जानकारी दिए ।

विमान उड्ने क्रममा बँदेलहरुलाई पछाडिको चक्काले किचेर मारेको हो । तर विमान, चालक दलका सदस्य यात्रु भने सबै सकुशल रहेको उनले बताए ।

‘जहाज दुर्घटना भएको होइन, जहाज रन वे मा गुड्दै जाँदा पछाडिको चक्काले बँदेललाई किचेर मारेको देखियो । अहिले यात्रुहरुलाई सकुशल उतारिएको छ, जहाज पनि साइड लागिसक्यो । विमानस्थल सामान्य अवस्थामा फर्किसक्यो । नियमित उडान भैरहेको छ ।’ झा ले भने ।

जहाज दुर्घटनामा परेको, विमानस्थल ठप्प भएको भन्दै बढाइ चढाइ गरेर केही मिडियाहरुमा न्युज आएको प्रति उनले दुखेसो पोखे ।

  • १६ कार्तिक २०७८, मंगलवार प्रकाशित

  • Nabintech