३ आश्विन २०८१, बिहीबार

बाँकेमा बुधवार ७ जनामा कोरोना पुष्टि
  • न्युज मानसराेवर

बाँके\ बाँकेमा बुधवार थप ७ जनामा कोरोना भाइरसका संक्रमित पुष्टि भएको छ । जिल्लाका दुईवटा प्रयोगशालामा ३४ नमुना परीक्षण गर्दा ७ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा २३ नमुना परीक्षण गर्दा ६ र मेडिकल कलेज कोहलपुरमा ११ नमुना परीक्षण गर्दा १ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिए ।

बुधवार संक्रमण पुष्टि भएकामध्ये बाँकेका ३ जना छन् । योसँगै बाँकेमा संक्रमितको कुल संख्या १८ हजार ४ सय ६ पुगेको छ ।

यस्तै बुधवार थप २ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार ३१ पुगेको छ ।

  • १७ कार्तिक २०७८, बुधबार प्रकाशित

  • Nabintech