१२ श्रावण २०८१, शनिबार

यी उपाय अपनाएर तपाईं मानिसहरूको मन जित्न सक्नुहुन्छ
  • न्युज मानसराेवर

बाँके\ कुनै कुनै मानिसलाई भेट भएपछि लामो समयसम्म याद रहन्छ । उसले कुरा गर्ने तरिका र उसको आत्मविश्वासले तपाईंलाई भित्रैदेखि प्रभावित पार्छ ।

तपाईं पनि उक्त व्यक्ति जस्तै बन्न सक्नुहुन्छ । यहाँ बताइएका टिप्स अपनाएर तपाईं मानिसहरूको मन जित्न सक्नुहुन्छ ।

बोलीचाली र व्यवहार
तपाईंको बोलीचाली र व्यवहारले नै तपाईंलाई अरूका अगाडि हिरो बनाइदिन्छ । त्यसैले कुराकानी र व्यवहारमा तपाईंले मिठास ल्याउनुभयो भने कुनै पनि व्यक्तिले तपाईंलाई बिर्सन सक्दैन ।

राम्रो देखिने
लगाउनका लागि सही कपडा छान्नुहोस् । तपाईंको रंगसँग मिल्ने कपडा छान्नुपर्छ । यसो गर्दा तपाईंले अर्को व्यक्तिमा गहिरो प्रभाव छोड्न सक्नुहुन्छ । सधैं फ्रेश देखिने कोशिश गर्नुस् ।

विचार गरेर बोल्ने
कुनै पनि कुरामा आफ्नो पक्ष राख्दा दुईचोटि अवश्य सोच्नुस् । आफू के बोल्दैछु, किन बोल्दैछु र त्यसको के प्रभाव पर्छ विचार गर्नुस् । जे कुरामा पनि प्रतिक्रिया नदिनुस् । तपाईंको सल्लाह कसैलाई चाहिएको छैन भने चुप लागेर बस्नुस् ।

अर्कालाई इज्जत
प्रायः मानिसहरू तल्लो वर्गकालाई राम्रो व्यवहार गर्दैनन् । तर तपाईं यस्तो नगर्नुस् । भाषामा कठोरता नल्याउनुस् । विशेषगरी महिलासँग कुराकानी गर्दा इज्जत दिनुस् ।

आत्मविश्वासी बन्नुस्
आत्मविश्वासले भरिएका मानिसलाई सबैले मन पराउँछन् । आफूभित्र नकारात्मक सोच आउन नदिनुस् । कुनै पनि काम गर्नुअघि त्यसको परिणामका बारेमा चिन्ता लिन नथाल्नुस् । सकारात्मक सोचका साथ अघि बढ्नुस् र आफ्नो जीत हुन्छ भनी विश्वास गर्नुस् ।

आफ्नो प्रशंसा नगर्नुस्
कोही कोही मानिस आफ्नो प्रशंसा आफैं गरिरहेका भेटिन्छन् । तपाईं बिर्सेर पनि यसो नगर्नुस् । आत्मप्रशंसा गर्नेलाई कसैले मन पराउँदैनन् । आफ्नो कामको मूल्यांकन अरूले गरेको राम्रो हुन्छ ।

जस्तो हो, त्यस्तै
मानिसहरूलाई प्रभावित पार्ने चक्करमा हामी अर्कैखालको बन्न खोज्छौं । यसो गर्दा हामी बिस्तारै आफ्नो पहिचान गुमाउन थाल्छौं । आफू जस्तो हुनुहुन्छ त्यस्तै रहनुभयो भने अरूको मन जित्न सक्नुहुन्छ ।

ताजा रहनुस्
सफा बस्नुस् र राम्रो पर्फ्युम प्रयोग गर्नुस् । तपाईं कतै जाँदा त्यहाँको वातावरण नै परिवर्तन होस् न । अनि अर्को मानिसको मनमा तपाईंको राज भइहाल्छ ।

  • २० कार्तिक २०७८, शनिबार प्रकाशित

  • Nabintech