१२ श्रावण २०८१, शनिबार

बाँकेमा चार लाख ६६ हजारसहित ४८ जना जुवाडे पक्राउ
  • न्युज मानसराेवर

बाँके\बाँके प्रहरीले तिहारमा कोहलपुर, नेपालगन्ज, खजुराबाट एक भारतीयसहित ४८ जना जुवाडेलाई पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाको बाबुगाउँमा दुई/तीन खाल बनाएर जुवा खेलिरहेका ४८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी मधुसूदन न्यौपानेका अनुसार उनीहरुको साथबाट चार लाख ६६ हजार रुपैयाँ बरामद भएको उनले बताए ।

पक्राउ परेका व्यक्तिमध्ये १० जनाको साथबाट पैसा फेला परेको छैन । उनीहरुले दुई/तीन खाल बनाएर कार्डपत्ती खेलिरहेका थिए । प्रहरी प्रवक्ता न्यौपानेले उनीहरुलाई छानबिन गरेर कारबाही प्रक्रिया अघि बढाइने बताए ।

  • २१ कार्तिक २०७८, आईतवार प्रकाशित

  • Nabintech