१२ श्रावण २०८१, शनिबार

वैज्ञानिकले खोजे त्यस्तो ब्रेन सेन्सर, जसले मानिसलाई अग्लो बनाउँछ
  • फिलिपा रक्सबी/बीबीसी

वैज्ञानिकका अनुसार वितगतका तुलनामा मानिसहरु अग्लो हुने र बाल्यावस्थाबाट चाँडै युवावस्थामा पुग्ने रहस्यलाई अब मानिसको दिमागमा रहेको एक सेन्सरका माध्यमबाट बुझ्न सकिने भएको छ।

बीसौं शताब्दीमा पोषणसम्बन्धी स्वास्थ्यमा सुधार हुनाले बेलायतका मानिसको औसत उचाइ ३ दशमलव ९ इन्च बढेको थियो। जबकि अन्य देशका मानिसको उचाइ ७ दशमलव ८ इन्च (२० सेन्टिमिटर) बढेको थियो।

तर, वास्तविक रुपमा यस्तो कसरी हुन्छ भन्ने कुरालाई भने अहलेसम्म बुझ्न सकिएको थिएन। बेलायतका शोधकर्ताको भनाइ छ कि यो नयाँ खोजले मांशपेसी बलियो बनाउने र विस्तारै लम्बाइ बढाउने औषधि बनाउने बाटो खुल्न सक्छ।

वैज्ञानिकलाई पहिलेदेखि नै थाहा थियो कि राम्रो खानपान र नियमित आहार लिने मानिस अग्लो र चाँडै परिपक्व हुन्छन्। उदाहरणका लागि दक्षिण कोरिया एक गरिब देशबाट विकसित देश बनेपछि त्यहाँका वयस्कको उचाइ पहिलेको तुलनामा बढेको छ। यस्तै, दक्षिण एसिया र अफ्रिकाका धेरै ठाउँका मानिसक अहिले पनि १०० वर्ष पहिलेको तुलनामा थोरै मात्रै बढी अग्लो छन्।

दिमागको एक भाग ‘हाइपोथाइलेमस’सम्म भोजनबाट संकेत पुग्ने जानकारी पहिलेदेखि नै छ। यो संकेतले दिमागलाई शरीरका पोषणसम्बन्धी स्वास्थ्यका बारेमा बताउँछ र शरीरको विकास तीव्र गराउँछ।

विज्ञान तथा शोधसम्बन्धी पत्रिका ‘नेचर’मा यसका विषयमा एक नयाँ अध्ययन प्रकाशित भएको छ। यो शोध क्याम्ब्रिज युनिभर्सिटीका वैज्ञानिकको नेतृत्वमा भयो। यसमा लण्डनको क्वीन मेरी युनिभर्सिटी, ब्रिस्टल युनिभर्सिटी, मिसिगन युनिभर्सिटीका टिमले सहयोग गरेका छन्।

यो शोधको माध्यमबाट यस प्रक्रियाबाट बन्ने रिसेप्टरको खोजी गरिएको हो, जसलाई एमसी३आर नामबाट जान्न सकिन्छ। भोजन र यौवनका साथै शरीरको लम्बाइ बढाउने बीच यो रिसेप्टर एक महत्वपूर्ण कडी हो।

यस अध्ययनका लेखक तथा क्याम्ब्रिज युनिभर्सिटीका प्रोफेसर सर स्टिफन ओराहिलीले भने,  ‘यसले शरीरलाई बताउँछ कि, शरीर राम्रो अवस्थामा छ। शरीरमा पर्याप्त भोजन छ। त्यसैले चाँडै बढ र चाँडै जवान भएर धेरै बच्चा जन्माऊ।’

  • २२ कार्तिक २०७८, सोमबार प्रकाशित

  • Nabintech