१२ श्रावण २०८१, शनिबार

लागुऔषध मुद्दामा फरार प्रतिवादी बाँकेमा पक्राउ
  • न्युज मानसराेवर

बाँके\लागुऔषध मुद्दामा कैदसजाय पाइ फरार रहेका एकजना प्रतिवादीलाई बाँके प्रहरीले पक्राउ गरेको छ ।

बाँके खजुरा गाउँपालिका वडा नं. ३ बस्ने २३ वर्षीय शिशिर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

बाँके जिल्ला अदालतले २०७५ मंसिर २३ गते ४ वर्ष १० महिना १४ दिनको कैद र ५ हजार जरिवाना गरेपछि उनी हालसम्म फरार रहेका थिए ।

इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको टोलीले श्रेष्ठलाई पक्राउ गरी बाँके जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

  • २२ कार्तिक २०७८, सोमबार प्रकाशित

  • Nabintech