१२ श्रावण २०८१, शनिबार

बाँकेमा मंगलवार आठ जनामा कोरोना पुष्टि
  • न्युज मानसराेवर

बाँके\बाँकेमा मंगलवार थप ८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । जिल्लाका तीनवटा प्रयोगशालामा ६२ नमुना परीक्षण गर्दा ८ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

नेपालगञ्ज भेरी अस्पतालमा २७ नमुना परीक्षण गर्दा ६ र मेडिकल कलेज कोहलपुरमा २३ नमुना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको हो । बागेश्वरी ल्यावमा १२ नमुना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रले जनाएको छ ।

मंगलवार संक्रमण पुष्टि भएकामध्ये बाँकेका २ जना छन् । योसँगै बाँकेमा संक्रमितको कुल संख्या १८ हजार ४ सय २४ पुगेको छ ।

यस्तै मंगलवार थप २ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार ५६ पुगेको छ ।

  • २३ कार्तिक २०७८, मंगलवार प्रकाशित

  • Nabintech