१२ श्रावण २०८१, शनिबार

आजदेखि बाँकेमा पनि राष्ट्रिय जनगणना सुरु
  • न्युज मानसराेवर

‘बाँके \मेरो गणना, मेरो सहभागिता’ नारासहित आज २५ कात्तिकबाट मंसिर ९ गतेसम्म सम्पन्न हुने राष्ट्रिय जनगणनाका जनगणना कार्यालय बाँकेले नेपालगञ्जमा सचेतनामुलक प्रभात फेरी कार्यक्रम सम्पन्न गरेको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीको प्रमुख आतिथ्यमा सम्पन्न प्रभातफेरी कार्यक्रममा राष्ट्र सेवक कर्मचारी, गणक, सुपरिवेक्षक लगाएत सहभागी रहेको प्रभातफेरी बीपीचोकबाट सुरु गरी नगर परिक्रमा गरी धम्बोझीचोकमा समापन भएको थियो ।

जिल्ला जनगणना कार्यालय बाँकेका प्रमुख बेदप्रसाद ढकालले बाँकेका ८ वटै पालिकामा अनुमानित १ लाख ३२ हजार घरधुरीसम्म पुग्नको लागि ६ सय २७ गणक र १ सय ४२ सुपरिवेक्षक खटाईएको जानकारी दिए ।

  • २५ कार्तिक २०७८, बिहीबार प्रकाशित

  • Nabintech