१० जेष्ठ २०८२, शुक्रबार

बैजनाथमा नेकपा(एकीकृत समाजबादि)को संगठन निमार्णमा तिब्रता
  • न्युज मानसराेवर

बैजनाथ\नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादि)ले बाँकेको बैजनाथ गाउँपालिकामा आफ्नो संगठन विस्तारलाई तिब्रता दिइएको छ ।
नेकपा एमाले बाट अलक भएको नेकपा समाजवादीले बैजनाथ गाउँपालिका वडा स्तर देखी नै पार्टीको संगठन निमार्णमा तिब्रता दिइएको हो ।

पछिल्लो समय नेकपा एमालेमा गुटगत निर्णयहरु हावि हुदाँ समेत नेकपा समाजवादी लाई संगठन निमार्णमा सहज भएको देखिन्छ ।
बाँके जिल्लाको नेकपा एमालेको गडका रुपमा हेरिएको बैजनाथ गाउँपालिकामा पूर्व राज्य मन्त्री दल बहादुर सुनारले नेकपा समाजवादीको नेतृत्व गरेका छन ।

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादि)मा एमाले बाट निर्वाचित बैजनाथ गाउँपालिका वडा न ४ का अध्यक्ष कालि बहादुर सिंहले समेत समाजवादी रोजेका छन । पछिल्लो समय संगठन निमार्णमा सिंहको समेत उल्लेखिय क्रियाशिल देखिएको छ ।

(एकीकृत समाजबादि)ले पछिल्लो समय पार्टीको भातृय संगठन युवा संघ नेपाल लाई समेत वडा तहमा चयन गरिरहेको छ । यसै गरी युवा नेता दिपक जीएमको नेतृत्वमा जिल्ला कार्य समिति समेत विस्तार गरिसकेको छ ।

  • २७ कार्तिक २०७८, शनिबार प्रकाशित

  • Nabintech