१२ श्रावण २०८१, शनिबार

बाँकेमा आइतवार एकजनामा मात्र कोरोना पुष्टि
  • न्युज मानसराेवर

बाँके\बाँकेमा आइतवार थप १ जनामा मात्र कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका दुईवटा प्रयोगशालामा ४७ नमुना परीक्षण गर्दा १ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

मेडिकल कलेज कोहलपुरमा २७ नमुना परीक्षण गर्दा १ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै बागेश्वरी ल्यावमा २० नमुना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

आइतवार संक्रमण पुष्टि भएका व्यक्ति दाङका हुन् । योसँगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ४ सय ३६ पुगेको छ ।

यस्तै आइतवार १ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार ६६ रहेको छ ।

  • २८ कार्तिक २०७८, आईतवार प्रकाशित

  • Nabintech