११ श्रावण २०८१, शुक्रबार

प्रधानन्यायाधीशको राजीनामा माग्दै बाँकेका कानुन व्यवसायीले दिए धर्ना
  • न्युज मानसराेवर

बाँके\नेपाल बार एसोसिएसन उच्च अदालत बार नेपालगन्ज र जिल्ला अदालत बारको संयुक्त आयोजनामा बाँके जिल्ला अदालत परिसरमा हातमा कालो पट्टी बाँधेर एक घन्टा धर्ना दिएका हुन् ।

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै यहाँका कानुन व्यवसायीहरुले तीन दिनसम्म अदालतमा धर्ना दिने कार्यक्रम रहेको उच्च अदालत बार नेपालगन्जका सचिव पदम पाण्डेले बताए । उनले तीन दिनपछि केन्द्रीय बारको निर्देशनमा आन्दोलन सशक्त पार्ने बताए । प्रधानन्यायाधीश जबराको राजीनाम माग गर्दै केन्द्रीय बारले आन्दोलन सुरु गरेपछि जिल्लाका कानुन व्यवसायीहरुले पनि एक्यबद्धता जनाएका हुन् । प्रधानन्यायाधीशले राजीनामा नदिए जिल्लामा पनि मुद्दाको सुनुवाई ठप्प पार्ने कानुन व्यवसायीहरुले बताए ।

  • २८ कार्तिक २०७८, आईतवार प्रकाशित

  • Nabintech