१२ श्रावण २०८१, शनिबार

‘फाइजर खोप लगाएका कसैको स्वास्थ्यमा समस्या आएको छैन’ : निमित्त मेसु डा. रिसाल
  • न्युज मानसराेवर

बाँके\ फाइजर खोप लगाएका कुनैपनि ब्यक्तिको स्वास्थ्यमा समस्या नआएको चिकित्सकले बताएका छन् । सरकारले बाँकेमा १ हजार ८ सय जनालाई पुग्ने गरी फाइजर खोप पठाएको थियो ।

उक्त खोप नेपालगन्जस्थित भेरी अस्पताल नेपालगन्जमा आइतबारबाट लगाउन सुरु गरिएको हो । भेरी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा. संकेत रिसालले १२ वर्षभन्दा माथीका बच्चा र दिर्घरोगीलाई उक्त खोप दिइएको छ ।  खोप लगाएका ब्यक्तिमा अहिलेसम्म कुनैपनि स्वास्थ्य समस्या नदेखिएको उनले बताए ।

सरकारले उक्त खोेप नेपालमा पहिलो पटक ल्याएको हो । भेरी अस्पताल परिसरमा उक्त खोप बिहान १० बजेदेखी अपरान्ह ४ बजेसम्म दिइएको निमित्त मेसु डा. रिसालले जानकारी दिए । ‘यो खोप १२ वर्षभन्दा माथीका पे्रसर, सुगर, क्यान्सर, दम, मृगौलाको डाइलासिश गरिरहेका बिरामीलाई दिइराखेका छौं,’ वरिष्ठ फिजिसियन रिसालले भने ‘यो खोप लगाएको तीन हप्तापछि दोस्रो खोप लगाइन्छ ।’

  • २९ कार्तिक २०७८, सोमबार प्रकाशित

  • Nabintech