काठमाडौँ\ साहित्यकार अदीप्त प्रकाशको कविता सङ्ग्रह ‘ संवेदनाको विज्ञप्ति ‘ विमोचित भएको छ । कवि ,लेखक ,समालोचक प्रा. डा. रामप्रसाद ज्ञवालीको प्रमुख आतिथ्य तथा विभिन्न साहित्यिक ,शैक्षिक र सामाजिक व्यक्तित्वहरुको आतिथ्यमा कागेश्वरी मनोहरा ५ ,थलीमा एक भव्य समारोहबीच विमोचन कार्यक्रम सम्पन्न गरिएको हो ।
कवि प्रकाश रम्घालीले सटिक पुस्तक समीक्षा गरेका थिए भने स्वागत मन्तव्य रविकुमार सिलवालले प्रस्तुत गरेको कार्यक्रमको सभापतित्व लेखकका वृद्ध पिता शिवबहादुर थापाले गरेका थिए ।