१२ श्रावण २०८१, शनिबार

बाँकेमा ३ संक्रमित थपिए, ४ डिस्चार्ज

कोहलपुरमा १४ मा झरे संक्रमित

  • न्युज मानसराेवर

कोहलपुर \ कोहलपुर नगरपालिकामा पछिल्लो समय कोरना संक्रमित सख्या १४ मा झरेको छ ।
५ जना महिला र ९ जना पुरुष गरी कोहलपुरमा १४ जना संक्रमित रहेको कोहलपुर नगरपालिका फोकल पर्सन गेहराज खनालले जानकारी गराएका छन। खनालका अनुसार उनीहरु सबै होमआइसोलेसन मा उपचाररत छन ।

यसै गरी  बाँकेमा मंगलवार थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तीन वटा प्रयोगशालामा ५५ नमुना परीक्षण गर्दा ३ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रले जनाएको छ ।

भेरीमा १७ नमुना जाँच्दा २, कोहलपुर मेडिकल कलेजमा २१ नमुना जाँच्दा १ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । बागेश्वरी ल्यावमा १७ नमुना जाँच्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

मंगलवार संक्रमण पुष्टि भएकामध्ये बाँकेका २ जना छन् । योसँगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ४ सय ४१ पुगेको छ ।

यस्तै मंगलवार ४ जना डिस्चार्ज भएका छन् । योसँगै जिल्लामा डिस्चार्ज हुनेको संख्या १८ हजार ७३ पुगेको छ ।

  • ३० कार्तिक २०७८, मंगलवार प्रकाशित

  • Nabintech