७ जेष्ठ २०८२, मंगलवार

दाङमा डोजर डोजर पल्टिँदा चालकको मृत्यु
  • न्युज मानसराेवर

देउखुरी (दाङ) । यहाँको बङ्गलाचुली गाउँपालिकामा बाटो बनाउँदै गर्दा बिहीबार बिहान करिब  चार बजेतिर डोजर पल्टिँदा चालकको मृत्यु भएको छ । गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीका अनुसार रा१क ९१४ नम्बरको डोजर पल्टिँदा घोराही उपमहानगरपालिका–१० बुधौरा निवासी २२ वर्षीय सुनिलकुमार विकको मृत्यु भएको छ ।

सोही क्रममा सहचालक बर्दियाको गुलरिया नगरपालिका–१ निवासी २३ वर्षीय राजकुमार चौधरी सामान्य घाइते भएको उनले जानकारी  दिए । बङ्गलाचुलीको मुकुटीदेखि भ्युटावर जोड्ने सडक सफाइ गर्ने क्रममा डोजर पल्टिएको थियो  ।

  • २ मंसिर २०७८, बिहीबार प्रकाशित

  • Nabintech