१२ श्रावण २०८१, शनिबार

मौसममा सुधार, नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन
  • न्युज मानसराेवर

बाँके \केही दिनयता देशको मौसम प्रतिकुल रहँदै आएकोमा आइतबारदेखि सुधार आएको छ ।

अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव मौसममा परेकोमा आइतबारदेखि त्यो हटेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन।

महाशाखाले आइतबार बिहान प्रदेश नं १, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक  बदली रहेको रहेको र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।

यस्तै दिउँसो देशका  पहाडी भूभागमा  आंशिक बदली रही बाँकी भूभागहरू सामान्यतया सफा रहने छ। यस्तै प्रदेश १ को एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ ।

यसै गए राति पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरू सामान्यतया सफा रहने छ।

  • ५ मंसिर २०७८, आईतवार प्रकाशित

  • Nabintech