१२ श्रावण २०८१, शनिबार

बैजनाथमा माओवादीको वडा सम्मेलन सम्पन्न
  • न्युज मानसराेवर

बैजनाथ।\ बाँकेको बैजनाथ गाउँपालिका अन्तर्गतका सबै वडामा माओवादी केन्द्रको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सबै वडामा नयाँ कमिटी चयन गरेको छ । माओवादी केन्द्रको शनिबार देशभर एकैसाथ भएको वडा सम्मेलन अन्तर्गत बैजनाथका ८ वटै वडामा सम्मेलन सम्पन्न भएको हो ।

सम्मेलनबाट वडा नं. १ मा सैलेन्द्र बुढाको अध्यक्षतामा नयाँ कमिटि गठन गरीएको छ । त्यसैगरी वडा नं. २ मा देब बहादुर बस्नेत, ३ मा पर्सुनारायण थारु, ४ मा आकासी सन्ज्याल, ५ मा ईश्वर योगी, ६ मा मिना ओली, ७ मा सत्रुर्हुन थारु र वडा नं. ८ मा कालुनाथ योगिको अध्यक्षतामा नयाँ कमिटि गठन गरीएको माओवादी केन्द्र बैजनाथका ईन्चार्ज नरेन्द्र पाण्डे जेम्सले जानकारी दिएका छन ।

 

  • ५ मंसिर २०७८, आईतवार प्रकाशित

  • Nabintech