१२ श्रावण २०८१, शनिबार

बाँकेको प्रदेश सभा १ (क) मा लक्ष्मण र प्रदेश सभा २ (ख) मा जितेन्द्रको प्यानल निर्वाचित
  • न्युज मानसराेवर

बाँके \नेपाली कांगे्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेका दुई वटा प्रदेश सभा क्षेत्रमा संस्थापन(देउवा) पक्षले प्यानलै जितेको छ । आइतबार सम्पन्न मतदान पश्चात सार्वजनिक भएको मत परिणाम अनुसार प्रदेश सभा क्षेत्र नम्बर १ (क) को सभापतिमाा लक्ष्मण थारुसहित प्यानल निर्वाचित भएको हो ।

उनले १२५ मत ल्याउँदा निकटतम प्रतिद्धन्द्धी जुगलाल थारुले ११४ मत प्राप्त गरे । उप–सभापतिमा निर्वाचित भएका अम्मरबहादुर बुढाथोकीले १२३ र मानबहादुर खड्काले १२४ मत ल्याए । उनका निकटतम प्रतिद्धन्द्धी हरिवंश मौर्यले ११५ र हरिभक्त ओलीले १०९ मत प्राप्त गरे ।

सचिवमा निर्वाचित भएका गंगाराम थारुले १२९ र भोलाप्रसाद मुराउले १२० मत ल्याए । निकटतम प्रतिद्धन्द्धी कमलराज कार्कीले १११ र गुरुमोरत यादवले ११६ मत प्राप्त गरेका छन् । सह–सचिवमा निर्वाचित भएका दिलावती थापाले १२६ र बाबुराम कुर्मीले १२४ मत ल्याए । उनका निकटतम प्रतिद्धन्द्धी दरोगा शेखले ११४ र समुनदेवी लोहारले १११ मत ल्याएको मतदान अधिकृत गोपाल गिरीले जानकारी दिए । प्रदेश प्रतिनिधीतर्फको गणना अहिले पनि चलिरहेको उनले बताए ।

यस्तै प्रदेश सभा क्षेत्र नम्बर २ (ख) को सभापतिमा पनि संस्थापन पक्षका जितेन्द्र बहादुर हमाल निर्वाचित भए । सभापति हमालले १५२ र उनका निकटतम प्रतिद्धन्द्धी अखबर अलि दर्जीले ६४  मत प्राप्त गरे । उप–सभापतिमा निर्वाचित भएका अभिशेक कुमार श्रेष्ठले १५९ र सुभासचन्द्र गुप्ताले १३२ मत प्राप्त गरे ।

निकटतम प्रतिद्धन्द्धी साहबुद्धिन खाँले ७६ मत प्राप्त गरे । सचिवमा निर्वाचित भएका फैयाज हुसेन हल्वाईले १६४ र गोकर्णबहादुर शाहीले १३२ मत ल्याए । उनका निकटतम प्रतिद्धन्द्धी उदयनारायण मिश्रले ६९ मत प्राप्त गरे । सहसचिव पदमा भने शनिबार नै निर्विरोध भइसकेको थियो । मतदान अधिकृत ऋषिराज शर्माका अनुसार आइतबार भएको मतदानबाट प्रदेश प्रतिनिधीतर्फ(खुल्ला) मा ७, खुल्ला(महिला)मा ३, आदीवासी जनजाती, मधेशी, मुस्लिम अपांग कोटामा १÷१ जना निर्वाचित भएका छन् ।

यो समाचार तयार पार्दासम्म बाँके प्रदेश सभा १ (ख) को कोहलपुर र प्रदेश सभा २(क) को जिल्ला समन्वय समिति बाँकेमा मत गणना चलिरहेको छ । यसअघि शनिबार नै बाँके प्रदेश सभा ३ (क) र (ख) मा संस्थापन(देउवा) पक्षले जितेको थियो ।

  • ५ मंसिर २०७८, आईतवार प्रकाशित

  • Nabintech