१२ श्रावण २०८१, शनिबार

बाँकेमा १२ देखि १७ वर्षका बालबालिकालाई फाइजर खोप अभियान शुरु
  • न्युज मानसराेवर

बाँके\ जिल्ला कोभिड–१९ खोप समन्वय समितिको निर्णय अनुसार सोमवार पनि दीर्घ रोगीहरुका साथै उच्च जोखिममा रहेका समुहलाई फाइजर खोप लगाइएको छ ।

कोभिड अस्पतालमा सेवारत चिकित्सक, स्वास्थ्यकर्मी, सरसफाईकर्मी तथा सुरक्षाकर्मीका छोराछोरी, अपाङ्ग तथा बालसुधार गृहका १२ देखि १७ बर्ष उमेरका बालबालिकाहरुलाई कार्यालयले प्रमाणित गरेको उमेर खुल्ने प्रमाणका आधारमा भेरी अस्पताल नेपालगञ्जमा खोप लगाइएको हो ।

यो भन्दा अगाडि १८ वर्षमाथिकालाई मात्र कोरोना बिरुद्धको खोप दिँइदै आईएको थियो । फाईजर खोप कार्तिक २८ देखि मंसिर ४ गतेसम्म लगाईने भनिए पनि अहिले आएको फाइजरको १ हजार ८०० डोजमध्ये १३ प्रतिशत पनि खोप प्रयोग नभएपछि मंसिर ७ गतेसम्म लगाईने भएको हो ।

सोमवारसम्म दीर्घरोगी तथा १२ देखि १७ बर्ष उमेरका बालबालिकाहरु गरेर ६५० जनालाई खोप लगाईएको बाँकेका जनस्वास्थ्य अधिकृत नरेशबाबु श्रेष्ठले जानकारी दिए ।

मंसिर ७ गते अन्तिम दिन बाँकी रहेको खोप १ हजार जनालाई लगाईने भएकोले दीर्घरोगीहरुलाई प्राथमिकतामा राखेर बिहान ८ देखि १२ बजेसम्म १७ वर्ष उमेरका सबैलाई लगाईने उनले बताए ।

  • ६ मंसिर २०७८, सोमबार प्रकाशित

  • Nabintech