बैजनाथ । बैजनाथ गाउँपालिका वडा न ५ मा नेकपा (एकिकृत समाजवादी) दलले आफ्नो संगठन विस्तार गरेको छ ।
दिप बहादुर थापाको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी विस्तार गरेको छ ।
भने दिपक कार्कीको अध्यक्षतामा २९ सदस्यीय युवा संघ नेपालको वडा कमिटी समेत विस्तार गरेको छ ।
यसै गरी रिमा डाँगीको अध्यक्षतामा ३१ सदस्यीय अनेमा संघ समाजबादी, धन बहादुर नेपालीको अध्यक्षतामा ३३ सदस्यीय मुक्ति समाजको गठन गरिएको जानकारी गराइएको छ ।
बैजनाथ गाउँपालिका वडा न ५ पूर्व संविधान सभा सदस्य तथा पूर्व सिचाइ राज्य मन्त्री दल बहादुर सुनारको वडा समेत हो । सुनार हाल नेकपा (एकिकृत समाजवादी पार्टीमा आवद्ध छन।
वडा कमिटि विस्तार कार्यक्रममा पूर्व संविधान सभा सदस्य दल बहादुर सुनार लगाएत नेताहरुको सहभागिता रहेको थियो ।