१२ श्रावण २०८१, शनिबार

एक वर्षमा बालबालिकासहित १७ राउटेको अकालमै मृत्यु
  • न्युज मानसराेवर

बाँके\ पश्चिम नेपालमा फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदायको अस्तित्व सङ्कटमा पर्न थालेको भन्दै चिन्ता व्यक्त गरिएको छ ।

गत एक वर्षको अविधमा ६ जना बालबालिकासहित १७ जना राउटेको अकाल मृत्यु भएको उनीहरूको भलाइका लागि काम गर्दै आएको सामाजिक विकास सेवा केन्द्र (सोसेक) ले जनाएको छ ।

अत्यधिक मदिरा पिउने कुलतसँगै आमाबुवाको लापरवाही, कुपोषणजस्ता कारणले पछिल्लो समय राउटेहरूको अकालमै ज्यान जान थालेको सोसेकमा कार्यरत लालबहादुर खत्रीले बताए ।

विगत चार वर्षदेखि राउटे बस्तीको रेखदेखमा खटिएका उनका अनुसार २०७७ असारदेखि २०७८ असारसम्म जन्मिएका ९ मध्ये ६ जना शिशुको ६ महिनाको उमेरभित्रै मृत्यु भएको तथ्याङ्क छ ।

भर्खरै जन्मिएको शिशुलाई समेत दिनभरि बस्तीमै छाडेर आमाबुवा गाउँतिर घुम्न जाने भएकाले बच्चाहरूले खासै स्याहार नपाउने गरेको खत्रीले बताए । यो अवधिमा अत्यधिक मदिरा पिएर, भिरबाट लडेर तथा दीर्घ रोगका कारण अरू ११ जना राउटेले पनि ज्यान गुमाएका छन् ।

  • ७ मंसिर २०७८, मंगलवार प्रकाशित

  • Nabintech