१२ श्रावण २०८१, शनिबार

सामाजिक सञ्जालमा नेता सुनार द्धारा राजनितिक पूर्णविराम घोषणा !
  • न्युज मानसराेवर

बैजनाथ\ बैजनाथ गाउँपालिकाको राजनितिक क्षेत्रमा   नयाँ कोर्सको सम्भावना देखिएको छ ।

नेकपा एमाले नेता तथा संविधान सभा सदस्य दल बहादुर सुनारले सामाजिक सञ्जालमा अब को राजनितिक यात्रामा पुर्णबिराम भनी उल्लेख गरेका छन ।  सुनार एमाले हुँदा बाँकेका प्रभावशालि नेता मध्य एक थिए ।

पछिल्लो समय सुनार एमाले बाट विभाजित भएको माधव नेपाल समुहको नेकपा एकिकृत समाजवादी दलमा आवद्ध छन ।

सुनारको क्रियाशिलतामा बैजनाथ गाउँपालिका स्तरमा नै समाजवादी दलको विस्तार भइरहेको थियो । नेता सुनारको उक्त पोष्टमा मुल घर एमाले मा फिर्ता हुन सुझाव दिइएका छन ।

सुनारको उक्त पोष्ट बाट राजनितिक वृत्तमा विभिन्न अट्कल गरिन थालिएको छ । एक पक्षले भने राष्ट्रिय सभाको हुने निर्वाचमा टिकट नपाउँने हुदाँ  सुनारको पोष्ट आएको हुन सक्ने भनाइ रहेको छ ।

  • ८ मंसिर २०७८, बुधबार प्रकाशित

  • Nabintech