११ श्रावण २०८१, शुक्रबार

कोरोनाबाट बाँके कोहलपुरकी एक महिलाको मृत्यु
  • न्युज मानसराेवर

बाँके \ बाँकेमा कोरोना भाइरस संक्रमणका कारण थप एकजना बिरामीको मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा कोहलपुर नगरपालिका–११ का ६४ वर्षीया महिलाको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

कार्तिक २२ गते कोरोना भाइरस संक्रमण पुष्टि भएपछि २४ गते थप उपचारका लागि भेरी अस्पतालको कोभिड वार्डमा भर्ना भएकी उनको स्वास्थ्यमा सुधार नआउँदा शुक्रवार राती ११ बजेर ५० मिनेटमा मृत्यु भएको हो ।

योसँगै कोरोना भाइरस संक्रमणका कारण बाँकेका ३४३ जनाको मृत्यु भएको छ । त्यस्तै उपचारका लागि अन्यत्र जिल्लाबाट बाँके आएका ४३३ जनाको हालसम्मको मृत्यु भएको छ ।

  • ११ मंसिर २०७८, शनिबार प्रकाशित

  • Nabintech