१२ श्रावण २०८१, शनिबार

संगठनात्मक अराजकता कम्युनिष्ट आन्दोलनको मुख्य चुनौती– नेता पोखरेल
  • न्युज मानसराेवर

(चितवन) :  नेकपा एमालेका नेता शंकर पोखरेलले दशौं महाधिवेशनले सक्षम नेतृत्व चयन गर्ने दाबी गरेका छन । नेकपा एमालेको दशौं महाधिवेशनको बन्द शत्रको पूर्व सन्ध्यामा पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै नेता पोखरेलले भने, ‘सक्षम टिम निर्माण गर्ने कुरा महाधिवेशनको मुख्य जिम्मेवारीका रुपमा रहेको छ । हामी यसैमा केन्द्रीत छौं ।’

एमालेमाथि बैचारिक र राजनीतिक रुपमा चौतर्फि घेराबन्दी भइरहेको भन्दै नेता पोखरेलले यी सबै षड्यन्त्रका बिरुद्ध लड्ने सशक्त नेतृत्व निर्माण गर्ने म्याण्डेट महाधिवेशनको रहेको बताए ।

‘नीतिगत रुपमा एमालेलाई नेपालका राजनीतिक दलमा सबैभन्दा व्यवस्थित पार्टीका रुपमा स्थापित गर्न सफल भएका छौं । पार्टीको नीतिलाई कार्यान्वयन गर्ने एउटा सक्षम टिम निर्माण गर्न चाहन्छौं’, नेता पोखरेलले भने, ‘अहिले हाम्रो पार्टी लक्षित जुन खालको बैचारिक र राजनीतिक हमला भइराखेको छ । घेराबन्दी भइराखेको छ, त्यो षड्यन्त्रका बिरुद्ध अगाडि बढ्ने सन्दर्भका रुपमा सक्षम टिम निर्माण गर्ने कुरा महाधिवेशनको मुख्य जिम्मेवारीका रुपमा रहेको छ ।’

संगठनात्मक अराजकता कम्युनिष्ट आन्दोलनको मुख्य चुनौतिका रुपमा देखा परेको संकेत गर्दै पोखरेलले भने, ‘संगठनात्मक अराजकता आजको कम्युनिष्ट आन्दोलनको मुख्य चुनौतिका रुपमा देखा परेको छ । यसलाई सधैँका लागि अन्त्य गर्न हामी लागि परेका छौं ।’ मुलुकको समृद्धिका लागि राजनीतिक दिशा स्पष्ट हुनुपर्ने भन्दै पोखरेलले दशौं महाधिवेशन यसैमा केन्द्रीत रहेको दाबी गरे ।

  • ११ मंसिर २०७८, शनिबार प्रकाशित

  • Nabintech