बाँके\ जाजरकोटमा राती बस दुर्घटना भएको छ । बस दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् ।
नेपालगन्जदेखि जाजरकोटको राडिबजार जाँदै गरेको ना ६ ख २७५७ नम्बरको रात्री बस कुदु बराहचौकनजिक दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो ।
जाजरकोटका डीएसपी मधुकुमार थापाका अनुसार बसमा ३२ जना यात्रु सवार थिए । घाइते रहेका २७ जनाको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ । राती बस दुर्घटना भएका कारण उद्धारमा ढिलाई भएको थियो ।
दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।