२३ बैशाख २०८२, मंगलवार

महाधिवेशन अन्तर्गत काँग्रेस बाँकेको मंसिर १४ गते निर्वाचन
  • न्युज मानसराेवर

बाँके\नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत आइतवरादेखि बाँके जिल्लाको निर्वाचन प्रक्रिया शुरु भएको छ ।

मतदाता नामावली प्रकाशन, मनोनयन फाराम वितरण गरिएको समितिका संयोजक एवम् जिल्ला निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराईले बताए ।आइतवार दिउँसो २ बजे मतदाता नामावली प्रकाशन गरी उम्मेदवारी फाराम वितरण गरिएको उनले बताए ।

सोमवार बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी मनोनयन दर्तासहित सोही दिन बेलुकासम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

उम्मेदवारी मनोनयन सहितको निर्वाचन कार्यक्रम भने जिल्ला समन्वय समिति बाँकेमा गर्ने निर्वाचन परिचालन समितिले निर्णय गरेको छ ।

निर्वाचन कार्यक्रमअन्तर्गत मंसिर १४ गते मंगलबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान सम्पन्न गरिनेछ ।

  • १२ मंसिर २०७८, आईतवार प्रकाशित

  • Nabintech