२३ बैशाख २०८२, मंगलवार

माओवादी केन्द्रको कोहलपुर नगर अध्यक्षमा खड्का
  • न्युज मानसराेवर

कोहलपुर \ नेकपा माओवादी केन्द्र कोहलपुर नगरपालिकाको दोस्रो सम्मेलन आज सम्पन्न भएको छ ।

सम्मेलनबाट कोहलपुर नगर समितिको अध्यक्षमा अवराज खड्का चयन गरेको छ ।  सम्पन्न दोस्रो सम्मेलन बाट माओवादी केन्द्रको  नगरसभाले खड्काको नेतृत्वमा ६२ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

कमिटीको उपाध्यक्षमा बल बहादुर खड्का, सावित्रा पुन, कृष्ण बहादुर थारु, सचिवमा दान बहादुर ओली, सहसचिवमा अर्जुन पौडेल तथा कोषाध्यक्षमा सुरज जागा चयन भएक छन ।

यसअघि शनिबार माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले नगर सम्मेलनको उद्घाटन गरेका थिए ।

  • १२ मंसिर २०७८, आईतवार प्रकाशित

  • Nabintech